चण्डी पुर्णिमाको अवसरमा बार्षिक पुजा
ए वान डेस्क /
चण्डी पुर्णिमाको अवसरमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ स्थित सम्झौता टोलमा यसबर्ष पनि बार्षिक पुजा लगाईएको छ । गढिमाई तथा सिद्धेश्वर महादेव वन वाटिका सेवा समितिको आयोजनामा यसबर्ष पनि मन्दिर परिषरमा बार्षिक पुजा लगाईएको हो ।
समितिका अध्यक्ष चन्द्र प्रसाद आचार्यका अनुसार बिगतमा झै यसबर्ष पनि हजारौ भक्तजनहरुको उपस्थितिमा बैधिक बिधि अनुसार पुजा गरिएको छ । बार्षिक उत्सव कार्यक्रमकाबिच मन्दिर परिषरमा विधि अनुरुप पुजा तथा प्रसाद वितरण गरिएको थियो ।
सो अवसरमा चण्डी पाठ पढ्ने चोकनाथ गौतम, रुद्री पाठ पढ्ने चन्द्र प्रसाद आचार्य र आचार्यको भुमिका निर्वाह गर्ने अनन्तराज पौडेललाई सम्मान गरिएको थियो ।















