कर नतिर्ने पप्पु कन्स्ट्रक्सन सहित २६ कम्पनीलाइ कर तिर्न ७ दिने अल्टिमेटम
मध्यमस्तरीय कर कार्यालय बबरमहलले बक्यौता तिर्न बाँकी रहेका पप्पु कन्स्ट्रक्सन सहित अन्य २६ कम्पनीलाई सात दिनको अल्टिमेटम दिएको छ । सोमबार एक सुचना जारी गर्दै मध्यमस्तरीय कर कार्यालयले सात दिन भित्र बक्यौत दाखिला गर्न अल्टीमेटम दिएको हो ।
कार्यालयले यसअघि नै आफु मातहतका सबै करदाताहरुलाइ कर बक्यैता दाखिला गर्न जानकारी गराएको थियो । तर कुनै करदाताहरु सम्पर्कमा नआएको मध्यस्तरीय कार्यालय बबरमहलले जनाएको छ । यसअघि टेलिफोन सम्पर्क, पत्राचार, इमेल र कारोवारस्थलको प्रत्यक्ष भ्रमण गरेर सम्पर्क गर्दा पनि समपर्कमा नआएकाे जनाएकाे कारण सुचना प्रकाशित गरेर ७ दिनको अल्टीमेटम दिनुपरेको जारी सुचनामा उल्लेख छ ।
यदी तोकिएको समय सीमा भित्रपनि बक्यौता रकम दाखिला नगरे आयकर एैन, २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रकृया वा दफा २१(१) बमोजिमको प्रकृया अपनाइ बक्यौता रकम असुल उपर गरिने सुचनामा प्रकाशित गरेको छ ।
प्रकाशित सुचनाको लिष्टमा निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारको पप्पु कन्ट्रक्सन पनि रहेको छ । त्यस्तै कालिका प्यासिफिक जेभी, सोवर्ण निर्माण सेवा, भैरवी इन्टरप्राइजेज, एसस्काई इन्टरप्राइजेज लगायतका २६ कम्पनी रहेका छन् । बक्यौता तिर्न बाँकी रहेका कम्पनीहरुको सुची यसप्रकारको छ ।
















