सुनको मूल्य तोलामा सात सय घट्यो
सुनको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ५९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाला सुनको मूल्य तोलामा ६० हजार दुई सय रुपैयाँ थियो। यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले घटेर ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ५९ हजार नौ सय रुपैयाँ थियो। चाँदी तोलामा सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ।















