खेलाडी चढेको डुंगा पल्टिँदा ९ जनाको मृत्यु, १८ जना बेपत्ता

ए वान डेस्क
७ जेष्ठ २०७६, मंगलवार ११:२५

एजेन्सी । युगान्डाको पश्चिमी जिल्ला होइमाका ५० फुटबल खेलाडीहरु सवार रहेको डुंगा एल्बर्ट तालमा पल्टेको खबर आएको छ । घटनामा परेका ९ जनाको मृत्यु भइसकेको छ भने १८ जना अझै बेपत्ता रहेका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार अधिक वजन र खराब मौसमको कारण डुंगाको सन्तुलन बिग्रदा डुंगा पल्टेको हो । डुंगामा सवार अधिकतर फुटबल खेलाडी थिए भने केहि समर्थक पनि रहेको थाहा भएको छ । ती सबैजना मैत्रीपूर्ण फुटबल खेल्नको लागि रुंगा क्षेत्रको लागि गइरहेको बुझिएको छ ।

घटना हुनासाथ नजिकै रहेका माझी लगाएका व्यक्तिहरुले करिब १ घण्टाभित्र ३२ जनाको उद्धार गरेका थिए । अझैं धेरै जना मानिस हराइरहेको बताइन्छ ।

यहि तालमा सन् २०१६ मा ३० जना फुटबल खेलाडीसवार भएको डुंगा पल्टेको थियो ।
उक्त घटनामा २० जनाको मृत्यु भएको थियो ।
त्यस्तै सन् २०१४ मा कंगोबाट फर्किएका शरणार्थी बोकको दुईवटा डुंगा पल्टिँदा १०९ जनाको मृत्यु भएको थियो ।

यसरी पटक पटक डुंगा पल्टिँदा ठुलो क्षतिको हुनुको मुल कारण डुंगा संचालकहरुसँग पर्याप्ट लाइफ ज्याकेट नहुनु रहेको बताइएको छ । भएको लाइफ ज्याकेट पनि पुरानो भएको कारण त्यसले धेरैलाई बचाउन नसक्ने दाबी गरिएको छ ।

युगान्डामा तालको वरिपरी रहने बाहेकका अन्यलाई खासै पौडी खेल्न नआउने भएकोले पनि यि दुर्घटनामा ठुलो संख्यामा ज्यान जाने गरेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*