मसँग काम गर्न केटीहरु पति नै छाडिदिन्छन् तर प्रियंकाले ‘भारत’ नै छाडिन् : सलमान खान

ए वान डेस्क
८ जेष्ठ २०७६, बुधबार ११:०८

एजेन्सी – नायक सलमान खानले उनको आगामी फिल्म ‘भारत’लाई लिएर पत्रकारसँग विशेष संवाद गरेका छन् । उक्त अवसरमा जब एक पत्रकारले उक्त चलचित्रमा प्रियंका नभएको सन्दर्भ उल्लेख गरे, तब खानले रोचक जवाफ दिए ।

उनले भने, ‘प्रियंकाले एकदमै विरतापूर्ण काम गरिन्, उनले यो फिल्म छाडेर विवाह नै गरिन् ।’सुरुमा उक्त चलचित्रमा सलमानसँग प्रियंका चोपडाले अभिनय गर्ने चर्चा गरिएको थियो । तर, विवाहको कारण देखाउँदै उनले उक्त फिल्म खेलिनन् ।

सलमानले पत्रकारसँगको संवादमा बेलाबेला यो प्रसंगलाई जोडिरहे । उनले अगाडि थपे, ‘प्रायः केटीहरु मसँग काम गर्न पति नै छाड्न तयार हुन्छन्, तर प्रियंकाले तो यति ठूलो फिल्म ‘भारत’ नै छाडिदिइन् ।’

यसबारे थप प्रष्ट पार्दै सलमानले भने, ‘एकदिन प्रियंका मेरोमा आइन् र आफ्नो विवाह हुनेबारे बताइन् । म फिल्म खेल्न भ्याउँदिन होला ।’ सलमानले आफूले उनको विवाह अगाडि नै फिल्म सक्ने बताएको उल्लेख गरे ।

सलमानको प्रस्तावमा प्रियंकको जवाफ थियो, ‘फिल्मको मिति र मेरो विवाहको मिति दुवैबारे मलाई थाहा छैन ।’

सलमानले आफूले प्रियंकालाई सम्झाउन प्रयास गरेको बताएका छन् । उनले अगाडि थपे, ‘तिमीले फिल्ममा करिअर बनाउन यति धेरै संघर्ष गरेकी छौ । करिअरको यति महत्वपूर्ण फिल्म छाडेर विहे गर्ने निर्णय गरिछौ । तिमीलाई लाग्दैन, यो फिल्म छाडेपछि सलमानले मसँग अब कहिल्यै काम गर्दैन भनेर रु बाहिर यो फिल्ममा काम गर्न युवतीहरु आफ्नो पति नै छाड्न तयार छन् ।’

यद्यपि, सलमानले राम्रो फिल्ममा आफूले फेरि प्रियंकासँग काम गर्ने बताए । प्रियंकाले नमानेपछि फिल्ममा कट्रिना कैपलाई लिइएको छ । अली अब्बास जफनले निर्देशन गरेको यो फिल्म भारतमा ५ जूनमा रिलिज हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*