१८ लाख घुसको आरोप लागेका उच्च अदालतका न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा मुद्दा

ए वान डेस्क
८ जेष्ठ २०७६, बुधबार १२:०५

सेवाग्राहीसँग १८ लाख घुस लिएको आरोप लागेका उच्च अदालतका न्याायधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।

काभ्रेका उमेश बानियाँले न्याायधीश ढकालविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि उनको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो। त्यसविरुद्ध बानियाँ इजलासमा निवेदन लिएर गएका थिए। न्याायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो।

सो आदेशपछि सर्वोच्च प्रशासनले आज रिट दर्ता गरेको हो। उक्त मुद्दामाथि जेठ ९ गतेलाई पेशी तोकिएको छ। – नेपाल लाइभ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*