६० वर्षीय वृद्ध आफ्नै घरमा मृत अवस्थामा फेला

ए वान डेस्क
८ जेष्ठ २०७६, बुधबार १५:१७

वीरगञ्‍ज-बाराको सिमरौनगढ नगरपालिका वडा नम्बर ७ झवानी टोलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

वडा नम्बर ७ झवानी टोलकै ६० बर्षीय वृद्ध परीक्षण महरा चमार आफनै घरमा मृत अवस्थामा फेला परेका हुन्। महराको शव घाटी काटिएको अवस्थामा फेला परेको थियो।

शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय सिमरौनगढबाट घटनास्थलमा गएको प्रहरीको टोलीले शव बरामद गरी पोस्टमार्टमको लागि कलैया अस्पतालमा पठाईएको ईलाका प्रहरी कर्यालय सिम्रौनगढका प्रहरी निरिक्षक खगेन्द्र धमलाले जानकारी दिए।

घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको धमलाले बताए। चमार गाउँदेखि टाढा घर बनाएर एक्लै बस्दै आएको स्थानीयबासीले बताएका छन्।- एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*