झापामा अज्ञात समूहले गर्‍यो महिलामाथि खुकुरी प्रहार

ए वान डेस्क
९ जेष्ठ २०७६, बिहीबार ११:२७

झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्। घरमा ७ बर्षे छोरी अर्पणासँगै सुतिरहेका बेला बुधबार मध्यरातमा अज्ञात समूहको खुकुरी प्रहारबाट आरती चौहान (बुढाथोकी) घाइते भएकी हुन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाका अनुसार घाइते चौहानको आम्दा अस्पताल धुलावारीमा उपचार संम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ।

मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेको खुले पनि उनीहरुको पहिचान नखुलेको डिएसपी थापाले जानकारी दिए। राती खाना खाएर आमा छोरी एउटै कोठामा सुतेका अवस्थामा ती दुई व्यक्तिले कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको उनकी छोरी अर्पणाले प्रहरीलाई बयान दिएकी छिन्।

‘मध्यरातमा हावाहुरीसँगै पानी परेकोले बिजुली नभएको मौका छोपी ती व्यक्तिहरु कोठामा प्रवेश गरेको हो’, बालिका अर्पणाले भनिन्,‘ममीलाई पेटमा बसेर टाउँको खुकुरी प्रहार गरेको हो, मलाई घाटी न्याकेर हल्ला गरिस भने तलाई पनि यही खुकुरीले काटिदिन्छु भनेका थिए।’

कोठा भित्र अर्ध नङ्गन् अवस्थामा बिहान भेटिएकी महिलाको सम्पूर्ण कोठाभित्र रक्ताम्य अवस्थामा थियो। बालिकाले झ्यालबाट कराएर बोलाउँदा स्थानीयले घटनाबारे थाहा पाएका थिए।

बालिकाले कराएपछि हेर्न जाँदा बाहिरबाट ढोकामा चुक्कुल लगाइएको भेटिएको स्थानीयले जानकारी दिए। त्यसपछि इलाका प्रहरी कार्यालय धुलावारी र काकँडभिट्टाको टोली घटनास्थल पुगेका थिए। घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र खुकुरी प्रहार गर्ने ब्यतिmहरुको खोजी कार्य तिव्र पारिएको डिएसपी थापाले जानकारी दिए। – अन्नपुर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*