घण्टिमाईको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
ए वान डेस्क÷
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ स्थित औराहमा रहेको घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज अन्न बाली तथा बिउ बिजन सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । बिभिन्न समयमा आफ्ना सेयर सदस्यहरुलाई लक्ष्ति गरी बिभिन्न कार्यक्रम गर्दे आएको संस्थाले छैठौ बार्षिक उत्सवको अवसरमा आज एक दिने प्रशिक्षणको आयोजना गरेको हो ।
कार्यालयको आफ्नै सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा झन्डै ५० जना सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि सेवा केन्द्रका प्रशिक्षकद्धय धिरज पौडेल र सविन घिमिरेले प्रशिक्षण दिनुभएको संस्थाका कार्यालय प्रमुख नविन खड्काले ए वान समाचारलाई जानकारी दिनुभयो ।
संस्थाका कृषि उप समितिका संयोजक तोयानाथ लुईटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।















