सञ्चार क्षेत्रको विकास गर्न आवश्यक छ : प्रदेशसभा सदस्य साह

ए वान डेस्क
११ जेष्ठ २०७६, शनिबार १६:५२

ए वान डेस्क /

बारा क्षेत्र नम्बर ३ क की प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले समग्र सञ्चार क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ मा रहेको हाम्रो बिचार सञ्चार सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

सञ्चार क्षेत्रकै कारण देशको विकास भएकोभन्दै उहाले अहिलेको आधुनिक युगमा सञ्चार क्षेत्रले समाज परिवर्तन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । ‘सञ्चार क्षेत्र हामीले सोचेकोभन्दा धेरै फराकिलो छ, त्यसको संरक्षण र संवद्र्धन गर्न आवश्यक छ’ उहाले भन्नुभयो ।

कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष बिश्वनाथ लामिछानेले हाम्रो बिचार सञ्चार सहकारीले गरेको कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा समाज सुधार कृषि सहकारि संस्था लिमिटेड डुमरवानाका अध्यक्ष नारायण दत्त अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमकाबिच संस्थाका अध्यक्ष भरत भण्डारीले संस्थागत प्रतिवेदन तथा लेखा समितिका सदस्य मच्छिन्द्र भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव माधव पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि जमरकट्टेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । संस्थाले सहकारिको माध्यमबाट हाल केवल नेटवर्क र ईन्टरनेट सुविधा जितपुरसिमरा १४ तथा १५ का गरि करिव १५३ सदस्य माझ आफ्नो सेवा प्रदान गर्दे आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*