घण्टिमाईले औराह स्कुललाई दियो हजार लिटरको ट्यांकी

ए वान डेस्क
११ जेष्ठ २०७६, शनिबार १७:४२

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ स्थित औराहमा रहेको घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक दिने स्त्री रोग परिक्षण स्वास्थ्य शिविरको आयोजना गरेको छ । आफ्नो छैठौ बार्षिक उत्सवको अवसरमा बिभिन्न क्रियाकलाप गर्दे आएको संस्थाले आज औराहमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

शिविरमा ६२ जनाले महिलाले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा स्वास्थ्य शिविरको सहजिकरण गरेको एभरग्रिन तराई सिमरा हस्पिटलले निःशुल्क औषधीसमेत वितरण गरेको थियो । यसअघि संस्थाले हिजो कृषि सम्बन्धी एक दिने अन्र्तक्रिया गरेको थियो ।

यसैबिच, संस्थाले आज नेपाल राष्ट्रिय माद्ययामिक बिद्यालय औराहलाई खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ । १ हजार लिटर क्षमता भएको ट्यांकी संस्थाकी अध्यक्ष कोपिला सिम्खडाले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद भट्टलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा बिद्यालयका प्राचार्य गणेश पौडेल, संस्थाका उपाध्यक्ष थानेश्वर उपाध्याय, सचिव भवन खड्का लगायतको उपस्थिति रहेको कार्यालय प्रमुख नविन खड्काले ए वान समाचारलाई जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*