दरौंदीमा टिपर खस्यो, चालकको मृत्यु

ए वान डेस्क
१२ जेष्ठ २०७६, आईतवार ११:२१

गोरखामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सिरानचोक गाउँपालिका ७ श्रीनाथकोट चिउरेभीरमा शनिबार राति भएको दुर्घटनामा चालक भालुस्वाँराका २० बर्षिय सुमन खड्काको मृत्यु भएको हो।
बा ५ ख १९८२ नम्बरको टिपर सडकबाट दरौंदी नदीमा खसेको थियो।

टिपरका सहचालक बेपत्ता छन्। उनको नाम खुलेको छैन। प्रहरीले उनको खोजी गरिराखेको छ। टिपर दुर्घटनामा परेर स्थानीय जनक गुरुङ घाइते पनि घाइते छन्। उनलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*