पर्सामा मुसुरो दालसहित ३ वटा ट्रयाक्टर र चालक नियन्त्रणमा

ए वान डेस्क
१२ जेष्ठ २०७६, आईतवार १६:४६

पर्साको अलौबाट मुसुरो दालसहित ३ वटा ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैध रुपमा भारतर्फ जाँदै गरेको ट्र्याक्टरलाई विशेष सूचनाको आधारमा पर्साको अलौबाट सशस्त्र प्रहरी बलले शनिबार राति १० बजे नियन्त्रणमा लिएको हो।

१ त ३८५५, ना. १ त ५३८५ र ना १ त ५४०७ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको हो।

तस्कर संगठनहरूले विभिन्न नाका प्रयोग गरी तस्करी गर्दै आइरहेको सूचना आउन थालेपछि सादा पोशाकमा टोली परिचालन गरिएको डिआइजी प्रवीण श्रेष्ठले बताए।

नियन्त्रणमा आएका ट्रयाक्टर चालकलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी विभिन्न ठाउँहरूबाट अवैध तरिकाले भित्रिएको कपडा समेत बरामद गरिएको डिआइजी श्रेष्ठले जानकारी दिए।

बाहिनीबाट खटिएको टोलीले भारतबाट अवैध तरिकाले नेपाल भित्रँदै गरेको करिब ४ लाख बराबरको कपडा बरामद गरेको हो।

भारतबाट अबैध तरिकाले नेपाल भित्रँदै गरेको अवस्थामा इनरवाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। – नेपाल लाइभ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*