अजय देवगनका पिता वीरु देवगनको निधन

ए वान डेस्क
१३ जेष्ठ २०७६, सोमबार १६:१७

एजेन्सी – बलिउड अभिनेता अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ ।

उनले केही घण्टाअघि अन्तिम श्वास लिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको हृदयघातको कारण निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।

उनको मुम्बईस्थित सांताक्रूज अस्पतालमा उपचार भइरहेको थियो ।

अजय देवगनले पिताको स्वास्थ्य स्थिति खराब भएपछि फिल्म ‘दे दे प्यार दे’को प्रमोशनल इभेन्ट क्यान्सिल गरेका थिए । वीरु देवगन एक्शन फिल्मका लागि परिचित थिए ।

उनको चर्चित फिल्महरू सन् १९९४ को ‘दिलवाले’, सन् १९८३ को ‘हिम्मतवाला’ र सन् १९८८ को ‘शंहशाह’ हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*