आफ्नै आमाद्धारा खुकुरीले रेटेर ३ वर्षीय छोराको विभत्स हत्या

ए वान डेस्क
१४ जेष्ठ २०७६, मंगलवार १२:००

भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छिन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्ने सुर्य थापाकी २५ वर्षीय श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाई छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पानीट्याङकीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् । – राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*