करण जौहरसँग प्रवलको प्रेम विवाद

ए वान डेस्क
१५ जेष्ठ २०७६, बुधबार ११:१७

बलिउड फिल्म निर्देशक एवं निर्माता करण जौहर र अन्तर्राष्ट्रिय फेसन डिजाइनर नेपाली युवा प्रवल गुरुङबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको बेला यो विषयमा गुरुङले माफी मागेका छन् ।

हालै करणको जन्म दिनमा करणसँग तस्बिर खिचेर त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रवलले ‘प्यार करना तो डरना क्यु’ लेखेका थिए । प्रवलले यस्तो लेखेकै कारण करण र प्रवल प्रेम सम्बन्धमा रहेको समाचार आयो । यो प्रकरणले विवादको रूपसमेत लियो ।

त्यस कुराको खन्डन गर्दै आफू करणसँग प्रेम सम्बन्धमा नरहेको प्रवलले बताएका छन् । करण आफ्नो ठूलो दाइ, गुरुजस्तो व्यक्ति भएकाले त्यो नातालाई रोमान्सको रूपमा नजोड्न पनि प्रवलले आग्रह गरेका छन् । तर, यसबारे करणले केही पनि प्रतिक्रिया दिएका छैनन् । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*