गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर लगाउनेलाई कारवाही गर्न रेणुको आग्रह
भरतपुर महानगरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तार बार लगाइएको स्थानमा डोजर चलाइएपछि महानजगर प्रमुख रेणु दाहालले कडा प्रतिक्रिया दिएकी छिन् ।
यही जेठ १५ गते विबहान महानगरको वडा नं १५ मा निर्माण हुन लागेको रंगशालामा केही अराजक व्यक्तिले तोडफोड गरेका थिए । तोडफोड कार्यमा संलग्नलाई तत्काल कारवाहीको दायरामा ल्याई उनीहरुबाटै बिगो भराई कारवाही गर्न समेत माग गरिएको छ । उनीहरुलाई कडा कारवाही गर्न महानगरले सुरक्षा निकायलाई आग्रह समेत गरिसकेको छ । रंगशाला निर्माणमा लागि महानगरका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।
डोजर लगाएको अभियोगमा प्रहरीले प्रकाश कडेललगायतलाई पक्राउ गरिसकेको छ । कडेलकै योजनामा तार बार लगाइएको क्षेत्रमा डोजर लगाइएको प्रहरीको अनुसन्धाबाट खुलेको छ । उनी स्थानीय नेकपाका कार्यकर्ता समेत हुन् । – आजको अर्थ
















