सामाजिक कार्यमा सक्रिय छन् ‘डि.बि’
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य धन बहादुर श्रेष्ठ ‘डिबि’ ले आफ्नो २ महिनाको तलब सामाजिक कार्यमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । सामाजिक कार्यमा सक्रिय युवाको छवि बनाएका श्रेष्ठले आफ्नो २ महिनाको तलब राधाकृष्ण मन्दिरमा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
वडा नम्बर २ मा रहेको राधाकृष्ण मन्दिरको दोश्रो बार्षिक साधारणसभाका बिच आज वडा सदस्य श्रेष्ठले आफ्नो २ महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको हो । श्रेष्ठले यसअघि सिमरा कलेजलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
पछिल्लो समय सामाजिक कार्यमा सक्रिय भमिका निर्वाह गरेका श्रेष्ठले सामाजिक काममा आफु सदैव सक्रिय रहने बताउनुभयो ।















