अटो दुर्घटना : एक बालिकाको मृत्यु, तीन घाइते

ए वान डेस्क
१९ जेष्ठ २०७६, आईतवार १६:२३

सिन्धुली : सिन्धुलीमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। फिक्कल गाउँपालिकाको खाङ्साङबाट घुर्मीतर्फ जाँदै गरेको स १ ज ११२८ नम्बरको अटो दुर्घटना हुँदा बालिकाको मृत्यु भएको हो। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।

दुर्घटनामा फिक्कल गाउँपालिका ५ की निरा मगरकी छोरी ३ वर्षीया समीक्षाको मृत्यु भएको हो। समीक्षाको उपचारका लागि अस्पताल लाने क्रममाा बाटोमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। सबै घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

तिब्रगतिको अटो नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनापछि फरार अटो चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ। – अन्नपुर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*