पीएम कप: प्रदेश २ लाई १५६ रनले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा

ए वान डेस्क
१९ जेष्ठ २०७६, आईतवार १६:४४

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै ८ अंकसहित पुलिसले सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो ।

पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ २९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा अल आउट भयाे । प्रदेश २ लाई सस्तैमा अल आउट गराउन दीपेन्द्रसिंंह ऐरीले सर्वाधिक ५ विकेट लिए । दश ओभर बलिङ गरेका ऐरीले १ ओभर मेडन राख्दै ५ विकेट लिँदा २८ रन खर्चिए ।

यसैगरी अर्का बलर ललितनारायण राजबंशीले तीन विकेट हात पारे । ६ ओभर बलिङ गरेका ललितले ३ ओभर मेडन राख्दै २१ रन दिएका थिए । कुशल भुर्तेल र सागर ढकालले पनि समान एक-एक विकेट लिए ।

प्रदेश २ का लागि हरिशंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रनको पारी खेले । १६ बल सामना गरेका आलमले तीन छक्का प्रहार गरेका थिए । रवि साहले १५ रन बनाउँदा सुरज पटेलले १२ रनको योगदान गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै २५३ रन बनायो । बलियो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो ।

पुलिसका लागि सुनिल धमलाले ४३ तथा अनिल शाले ३७ रन बनाए । यस्तै अमित श्रेष्ठले ५०, दिपेन्द्र ऐरीले १८ तथा पवन सराफले १३ रनको योगदान गरे । त्यस्तै आरिफ शेखले ३२ तथा कुशल भुर्तेलले ३५ रन योगदान गरे ।

बलिङमा संसद शेखले चार तथा रासिद खानले दुई विकेट हात पारे ।

जवाफमा २९ ओभरमा ९७ रनमा अलआउट भएकाे प्रदेश २ ले आठ रनमा पहिलो र ४९ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा १५६ रनकाे अन्तरले पराजित भयाे

समुह ‘बी’ बाट नेपाल पुलिस विजेता र आर्मी उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् । – उज्यालो अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*