‘उडान’,’इश्क मे मरजावा’ लगायतका भारतीय चर्चित टिभी सिरियल बन्द हुँदै

टिभी सो बन्द हुनुको कारण भने टीआरपी घट्दै गएको भारतीय मिडिया आजतकमा उल्लेख छ । ‘उडान’ कलर्सका चर्चित सो हो । सुरुआतका दिनहरुमा यो सिरियललाई दर्शकले अति नै रुचाइएको थियो । तर अहिले भने दर्शकहरु घट्दै गएको बताइएको छ ।
सिरियलको टीआरपी ओरालो लागेपछि सिरियल बन्द गर्ने रिपोट आएको छ । सिरियलमा ल्याएको जनेरेशन ग्यापका कारण दर्शकले मन नपराएको र बन्द गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

कलर्सका अर्को एक पपुलर सिरियल ‘इश्क मे मरजावा’ पनि बन्द हुने चर्चा चलेको छ । सस्पेन्स र थ्रिलरले भरिपूर्ण यो सीरियल टीआरपीमा खास कमाल नदेखिएको जनाइएको छ । यसकारण सोलाई बन्द गर्ने सोच बनाएको खबर आएको छ । यो सोको ठाउँमा सरदारनी रिलीज हुने पनि जनाइएको छ ।
त्यस्तै ‘केसरी नंदन’ पनि बन्द हुने भएको छ । यो सोको पनि टीआरपी कम भएको बताइएको छ । यसको लास्ट सो १२ जुनमा टेलीकास्ट हुनेछ ।















