सलमान खान भन्छन्, ‘मलाई विवाहमा विश्वास लाग्दैन’

ए वान डेस्क
२१ जेष्ठ २०७६, मंगलवार १६:५६

बलिउड स्टारहरु लगभग सबै विवाहित नै छन् । हालै मात्र अनुष्का शर्मा, प्रियंका चोपडा, दिपिका पादुकोण र रणवीर सिंहले विवाह गरेका छन् । तर उमेर पुगेर पनि अविवाहित रहेका केही कलाकार मध्ये सलमान खान चर्चित छन् ।

आफ्ना नातेदार तथा साथीहरुले विवाहको सम्बन्धमा प्रश्न गर्दा सलमानले आफूलाई विवाहमा विश्वास नलाग्‍ने जवाफ दिएका थिए ।

बम्बई टाइम्ससँग कुरा गर्दै सलमान खानले आफूलाई विवाहमा विश्वास नलाग्‍ने, विवाह भन्ने कुरा विस्तारै ‘मर्दै गएको संस्था’ भनेर व्याख्या गरेका छन् ।

५३ वर्षीय कलाकार सलमान खानले तीन दशक बलिउडमा बिताइसकेका छन् । सन् १९८८ मा ‘बिवी हो तो एइसी’ नामक फिल्ममा सर्पोटिङ एक्टरको रुपमा पहिलो पटक देखा परेका हुन् ।

उनले अभिनय गरेका दबंग, वान्टेड, मैने प्यार किया, हम आप के हे कौंन, करन अर्जुन आदि फिल्मले निकै चर्चा पाएका थिए । पछिल्लो समय उनी प्रोड्युसरको रुपमा पनि देखिएका छन् । – बाह्रखरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*