बारामा खाद्य स्वच्छता सम्बन्धी ३ दिने तालिम शुरु
ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ स्थित सिमरामा ३ दिने स्वच्छता सम्बन्धी तालिम शुरु भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय विरगञ्जको आयोजनामा सिमराको होटल न्यु सगुनमा आजदेखि ३ दिने तालिम शुरु भएको हो ।
होटल, रेष्टुरेन्ट र क्यान्टिनका सञ्चालकहरुलाई लक्ष्ति गरी आयोजना गरिएको तालिमको आज एक कार्यक्रमकाबिच ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै गैरेले स्वच्छतामा विशेष ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरीक्षक कलम शाही, होटल तथा पर्यटन व्यवससायी संघ बाराका उपाध्यक्ष प्रलाद उप्रेती, महासचिव शम्भु सिंह ठकुरी, सचिव गोबिन्द गहतराज लगायतको उपस्थिति रहेको थियो ।
तालिममा होटल, रेष्टुरेन्ट र क्यान्टिनका गरी ३० जना सञ्चालकको उपस्थिति रहेको छ । तालिमको उद्घाटन कार्यक्रम खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय विरगञ्जका प्रमुख रत्नकान्त साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।















