सिमरामा ‘डिएसपी’ भएर आउन लागेका पुरीको बिदाई

ए वान डेस्क
२४ जेष्ठ २०७६, शुक्रबार १४:५७

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरी नायव उपरीक्षक ‘डिएसपी’ को जिम्मेवारी सम्हाल्न् बारा आउन लागेका गोविन्द पुरीलाई आज एक कार्यक्रमका विच पोखरामा बिदाई गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत पुरी काजमा सिमरा आउदैछन् ।

बिदाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले प्रहरी नायव उपरीक्षक पुरीलाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमकाबिच अन्य प्रहरी अधिकृतहरुले समेत प्रहरी नायव उपरीक्षक पुरीलाई पुष्पगुच्छा प्रदान गर्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रहरी नायव उपरीक्षक पुरीले व्यावसायिक प्रहरी सेवा प्रवाह नै आफ्नो पहिलो प्राथमिकता भएको बताउदै आगामी दिनमा नागरिकसंग हातेमालो गर्दै समाजका व्याप्त समस्यालाई पार लगाउन आफुलाई पोखरा बसाईले थप दक्ष बनाएको बताउनुभयो । २०७४ भाद्र ९ गते महानगरीय प्रहरी बृत्त महाराजगंज काठमाण्डौबाट सरुवा भई गण्डकी प्रदेश प्रहरी कार्यालय हाजिर भएका पुरीले यसै अवधिमा २०७४ भदौ २५ गते देखि ईलाका प्रहरी कार्यालय डाँडाकोनाक कास्कीको ईन्चार्ज सम्हाले ।

त्यस्तै २०७५ असार १८ गते देखि पुनः गण्डकी प्रदेश प्रहरी कार्यालयमा हाजिर भई हालसम्म प्रदेश प्रहरी कार्यालयको सुचना अधिकारी अर्थात प्रवक्ता जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालेका थिए । प्रहरी स्रोतका अनुसार सिमरामा प्रहरी नायव उपरीक्षकको जिम्मेवारी सम्हाल्न् पुरी सोमवार सिमरा आउदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*