२६ बर्षपछि सिमराले पायो ‘डिएसपी’, पुरी भए ३०औ प्रहरी प्रमुख
ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरी नायव उपरीक्षकको जिम्मेवारी सम्हाल्न् प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पुरी आज सिमरा आएका छन् । यद्धपी पुरीले भोलिदेखि मात्रै ईलाका प्रहरी कार्यालय सिमराको जिम्मेवारी सम्हाल्ने बुझिएको छ ।
पुरीलाई सिमरा पठाउने निर्णय प्रहरी प्रधान कार्यालयले एक हप्ताअघि नै गरेको थियो । पुरी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत्त थिए ।
ईलाका प्रहरी कार्यालय सिमरामा जिम्मेवारी सम्हाल्न आएका पुरी ३०औ प्रहरी प्रमुख हुन् । तर २९औ प्रहरी प्रमुखसम्म भने प्रहरी निरीक्षक थिए ।
प्रहरी प्रधान कार्यालयले हालको लागी डिएसपी पुरीलाई काजमा पठाएको छ । तर साउनदेखि भने दरवन्दी कायम हुनेगरी स्थायी रुपमा जिम्मेवारी दिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
२६ बर्षपछि सिमराले पायो ‘डिएसपी’
ईलाका प्रहरी कार्यालय सिमरा २०३४ सालमा स्थापना भएको थियो । पहिलो प्रहरी निरीक्षकको रुपमा अटल बहादुर लामाले २०५० मंसिर ३० गते ईलाका प्रहरी कार्यालय सिमराको नेतृत्व गरेका थिए । झन्डै डेढ बर्ष ईलाका प्रहरी कार्यालय सिमराको नेतृत्व गरेका लामाले २०५२ बैशाख २६ गरे सिमरा छाडे ।
लामा जस्तै २९ जनाले ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरी निरीक्षकको जिम्मेवारी सम्हाले । अहिले २९औ प्रहरी प्रमुखको जिम्मेवारी सुबास हमाल सम्हालिरहेका छन् । हमालले ईलाका प्रहरी कार्यालय सिमराको जिम्मेवारी २०७५ साल साउन २ गते सम्हालेका थिए ।
प्राप्त सुचना अनुसार ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरी नायव उपरीक्षक (डिएसपी) ले नेतृत्व गर्ने भएपछि हमालले भोलि सिमरा छाड्दैछन् । २९औ प्रहरी प्रमुखसम्म प्रहरी निरीक्षक पाएको ईलाका प्रहरी कार्यालय सिमराले ३०औ प्रहरी प्रमुख भने प्रहरी नायव उपरीक्षक (डिएसपी) पाएको छ ।















