पोखरामा गोली चल्यो, एकजना घाइते

ए वान डेस्क
२९ जेष्ठ २०७६, बुधबार १२:५४

पोखरामा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर घाइते भएका गोविन्द थापालाई अस्पताल लगिएको छ ।

उनको खुट्टामा गोली लागेको छ । प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

उनले पक्राउ परेका थापाको आक्रमणबाट एक जना प्रहरी पनि सामान्य घाइते भएको बताए ।

पक्राउ परेका थापा यसअघि लागु औषध ओसार पसार गरेको आरोपमा दुबईमा पनि पक्राउ परेका एसपी कार्कीले बताए । उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ । – देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*