मोटरसाइकल सिक्ने क्रममा दुर्घटनामा परि घाइते वडासदस्यको मृत्यु

ए वान डेस्क
३० जेष्ठ २०७६, बिहीबार ११:०८

बझाङमा मोटरसाइकल दुर्घटनामा परि एक वडासदस्यको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-७ का वडासदस्य नरेश महरको मृत्यु भएको हो।

बिहीबार बिहान मोटरसाइकल सिक्ने क्रममा वडा नम्बर ७ का अध्यक्ष हरिचन्द्र जोशीसहित वडासदस्य नरेश महर गम्भीर घाइते भएका थिए। घाइते महरको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

वडा नम्बर ७ को से१ब ११७७ नम्बरको मोटरसाइकल वडा सदस्य महरले चलाएको जनाइएको छ। घाइते वडाअध्यक्ष जोशीको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ। मृतक महरले विना हेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाइ छ।

‘मृतक महरको टाउकोमा चोट लागेको थियो,’ जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले भने। गम्भीर घाइते महरको थप उपचारका लागि काठमाडौं लैजानका लागि हेलिकोप्टर मगाएको भए पनि समयमा नै हेलिकोप्टर नपुग्दा उनको मृत्यु भएको आफन्तले जनाए। – नेपाल लाइभ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*