टाइगरलाई शरीरिक स्वरुप परिवर्तनको सास्ती
चलचित्रका अभिनेता अभिनेत्रीलाई पनि एक पछि अर्को फिल्ममा काम गर्नु पर्दा शारीरिकस्वरूप पनि सोहीअनुसार परिवर्तन गरिरहनुपर्छ । यस्तै, अभिनेता टाइगर श्रफ पनि अहिले आफ्नो शरीर परिवर्तनका लागि कडा अभ्यासमा जुटेका छन् ।
गत वर्ष रिलिज भएको आफ्नो फिल्म ‘बागी–२’मा सिक्स प्याकका रूपमा शरीर बनाएका टाइगरले त्यसपछिको फिल्म ‘स्टुडेन्ट अफ दि इयर–२’ मा अभिनय गरे ।
यो फिल्ममा उनले आफ्नो शरीरको तौलसँगै शारीरिक सुगठन घटाएका थिए । एक सामान्य विद्यार्थीजस्तै उनी केही दुब्लो देखिएका थिए ।
तर, अब लगत्तै उनले नयाँ फिल्म ‘बागी–३’मा फेरि शारीरिक रूपमा पूर्ण सुगठित भएको देखाउनुपर्ने भएको छ । यो फिल्मको अर्को महिनाबाट सुटिङ सुरु हुँदै छ । जसका लागि टाइगर आजकाल शारीरिक सुगठनका लागि दिनरात व्यायाममा
व्यस्त छन् ।
स्टुडेन्ट आफ दी इयर–२ का लागि १२ किलो तौल घटाएका टाइगरले फिल्म बागी–३ का लागि बागी–२ जस्तै शारीरिक सुगठन बढाउनुपर्ने भएको छ ।
यसरी, फिल्म परिवर्तन हुनसाथ शरीरको स्वरूप, तौल र आकार घटाउने एवं बढाउनुपर्ने सास्तीलाई यी अभिनेताले सहजै लिएका छन् । यो फिल्ममा टाइगरसँगै श्रद्धा कपुर, रितेश देशमुखसहितको अभिनय रहनेछ । बागी–३ लाई अहमन खानले निर्देशन गर्दै छन् । – एजेन्सी















