प्रनेश थुना प्रकरणमा केकी अधिकारीले मुख खोलिन्

ए वान डेस्क
३० जेष्ठ २०७६, बिहीबार १२:४५

फिल्म ‘वीरबिक्रम २’को समीक्षा गर्दा थुनामा परेका प्रनेश गौतम प्रकरणबारे चर्को बहस चलिरहेका बेला कलाकारहरु चुपचाप छन्।

नेपाल चलचित्र कलाकार संघ समीक्षाको विरूद्धमा छ। फिल्मको समिक्षाका क्रममा कलाकारलाई लिएर गरिएको टिप्पणीमा कतिपयको आपत्ति छ।

निर्देशकको निवेदनमा समीक्षक थुनामा परेपछि स्वतन्त्र समीक्षाको विषयमाथि गम्भीर प्रश्न उठिरहेका बेला बिहीबार नायिका केकी अधिकारीले भने यस विषयमा आफ्नो धारणा राखेकी छिन्।

सामाजिक संजाल फेसबुकमार्फत केकीले आफ्नो चलचित्र, कामलाई लिएर जस्तोसुकै समिक्षा, व्यंग्य, ठट्टा वा आलोचना गर्न सबैलाई छुट रहेको बताएकी छन्।

उनले भनेकी छिन्, ‘यसमा सबैलाई छुट छ र म यसको खुलेर स्वागत गर्छु।’ ठट्टाको नाउँमा अपशब्द, गालीगलौच, ब्यक्तिगत रुप, रंग ,बनौट ,धर्म, लिंगका आधारमा गरिने मानहानी आफूलाइ स्वीकार्य नुहेन उनले उल्लेख गरेकी छिन्।

उनी भन्छिन्, ‘नजानेका–नबुझेकालाई सजायभन्दा पनि सिकाउनु पर्ने पक्षमा भने म सधै छु ।’ प्रनेश थुनामा रहेका बेला केकीले मध्यमार्गी धारणा रोखकी हुन्। सांकेतिक रुपमा केकीको स्टाटस प्रनेशलाई थुनामा राख्न्भन्दा सिकाउनु उत्तम हो भन्ने खालको अएको हो। – नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*