आदित्यनारायण कन्सर्ट गर्न काठमाडौँ आउँदै
गायक आदित्य नारायण झा कन्सर्ट गर्न नेपाल आउने भएका छन्। केही वर्ष अगाडि पोखरामा कन्सर्ट कै लागि पोखरा आएका झा फेरि नेपाल आउने भएका हुन्। जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन ।
‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् ।
गायक झा अभिनयमा पनि रुचि राख्छन्। उनी प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता कार्यक्रम सञ्चालन गरीसकेका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । अभिनयतर्फ रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले ‘परदेश र जब प्यार किसिसे होता है’ मा बाल कलाकारको रुपमा काम गरिसकेका छन् ।
आदित्यले पनि आफु नेपाल आउँन लागेकोमा खुसि व्यक्त गरेका छन् । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ् हेर्ने गरिन्छ । आदित्यलाई डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ । आदित्यको ताल चलचित्रको ‘जंगलमे बोले कोयल कुकू , आशिर्वादको पानि घट्ट, रामलीलाको इश्क्याउ धिस्क्याउ’ सँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन्। – एजेन्सी















