रामेछापमा बस दुर्घटना : २ को मृत्यु १३ घाइते
रामेछापको लखनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने १३ जना घाइते भएका छन्। अरनिको कोशीपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार बेलुका लखनपुर बरबोट नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा दोरम्बा गाउँपालिका –६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । घाइते दुबै जनाको धुलिखेलस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको डीएसपी सन्तोषकुमार भट्टराईले बताए।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनीहरुलाई रातिनै एउटा एम्बुलेन्स र बसमा धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको थियो।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ । लखनपुरमा स्वास्थ्य शिविरका लागि गएको चिकित्सकको टोली र स्थानीय सवार बस दुर्घटना भएको हो। डीएसपी भट्टराईका अनुसार घटनाको अनुसन्धान गर्न दुर्घटना भएको बसका चालक र सहचालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइँदै छ। – अन्नपुर्ण अनलाइन















