‘प्रेम गीत ३’को नायकमा मनिष राउत फाइनल

ए वान डेस्क
३१ जेष्ठ २०७६, शुक्रबार १५:१५

चलचित्र ‘प्रेम गीत ३’ को लागि नायकमा मनिष राउत फाइनल भएका छन्। निर्माण टिमले नायिकाको लागि भने अडिसन जारी राखेको छ।

मनिषले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेसलमा अभिनय अध्ययन गरेका हुन्। यसअघि उनले केही सर्ट फिल्ममा काम गरिसकेका छन्। आसुसेन फिल्मस् प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा सन्तोष सेनको निर्देशन रहने छ।

निर्माण टिमले मनिषलाई चलचित्रमा नायकको रुपमा इन्ट्री गराएसँगै राउतका फिल्म पोस्टरसमेत सार्वजनिक गरेको छ।

‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिज चैत २८ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहने बताइएको छ।

छेतेन गुरुङ र मन्दिप गौतमले लेखेको यस चलचित्रलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन्। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*