पशुपति शर्माको ‘लुट कान्छा’ पछि सरकारलाई देवेन्द्र कार्कीको प्रश्न (भिडियोसहित)

ए वान डेस्क
३१ जेष्ठ २०७६, शुक्रबार १८:१२

देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीत ‘ए सरकार’ सार्वजनिक भएको छ । साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको संगीत तथा गायक देवेन्द्र कार्कीको आवाज रहेको छ ।

सरकार र पहुचमा रहेका व्यक्तिहरुले आफन्त र साला सालीलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै कटाक्ष प्रहार गरिएको छ। गीतले सरकार प्रतीको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटिएको छ।

भिमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृती र विसंगतीलाई कलात्मक शैलीमा देखाइएको छ। निकै आक्रमक शैलिको गीतलाई भिमफेदी गाइजका निर्मलले निर्देशन गरेका हुन् ।

पवन शुस्लिङको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा ऐतिहासिक मकवानपुर गढी दरबारलाई देखाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*