बाराको चुरियामाईमा बस खस्दा ३५ जना घाईते
बाराको चुरियामाई मन्दिर नजिकै आज विहान बस खस्दा ३५ जना घाईते भएका छन् । नारायणगढबाट वीरगञ्जतिर आउदै गरेको ना५ख ४०१५ नम्बरको बस आज विहान झन्डै ४० फिट तल खस्दा ३५ जना घाईते भएका हुन् ।
बस चुरियामाई मन्दिरको ओरालो बाटोमा अनियन्त्रित भई झन्डै ४० फिट तल खसेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले ए वान समाचारलाई जानकारी दिनुभयो । घाईतेहरुलाई थप उपचारका लागी मकवानपुर पठाईएको प्रहरीले जनाएको छ ।















