युवाको पेटबाट निकालियो ५० वटा औंठी, सिक्का र नेलकटर

ए वान डेस्क
२ असार २०७६, सोमबार १०:४२

एजेन्सी– भारतको राजस्थानको उदयपुरस्थित एमबी अस्पतालमा शनिबार एउटा सर्जरी भएको छ जसले सबैलाई दंग पारिदिएको छ । त्यहाँका चिकित्सकले २४ वर्षका एक युवाको पेटबाट सर्जरी गरेर ५० विभिन्न कुराहरु निकालेका हुन् । यीनमा चाबी, नेलकटर, सिक्का, औंठी, पिन तथा विभिन्न क्लिप छन् । सर्जरी गरिएका युवाको स्वास्थ्य राम्रो रहेको चिकित्सकहरुले बताएका छन् ।

सर्जरी गर्ने चिकित्सकले ती युवा लागूऔषध प्रयोगकर्ता भएको र उनले मदिराको प्रभावमा हुँदा यी सब कुरा निलेको हुनसक्ने बताएका छन् । ती युवा १५ दिन अगाडि अस्पतालमा भर्ना भएका थिए । उनले सुरुमा अस्पताल जाँदा पेट दुख्ने, वान्ता हुने समस्या भएको बताएका थिए ।

अस्पताल ल्याएलगत्तै उनको एक्सरे गरिएको थियो । पेटमा यी सबै कुरा देखेपछि उनको अपरेसन गरिएको हो । अस्पतालका अनुसार उनको अपरेसन ९० मिनेटसम्म चल्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*