गर्मीले वडाध्यक्ष बेहोस, आइसीयुमा उपचार हुँदै
केहि दिनदेखिको अत्याधिक गर्मीका कारण वडाध्यक्ष नै बेहोस भएका छन् । आइतबार हरिवन नगरपालिकाका–११ का वडा अध्यक्ष शेख महबुब रेजा बेहोस भएका हुन् । आफ्नै वडाभित्र ढल निर्माणको अनुगमनमा गरिरहेका उनी एक्कासी भुइँमा ढलेका थिए ।
लगत्तै उनलाई तत्काल हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचार पश्चात उनलाई वीरगंज हेल्थ केयर रेफर गरिएको थियो । उनका भाई शेख कौसिन रेजाका अनुसार वडाध्यक्षलाई अहिले आइसीयुमा राखेर उपचार भइरहेको छ । उनको रगत चेकजाँच गर्दा कुनै खराबी देखिएको छैन् । गर्मीकै कारण बेहोस भएको डाक्टरहरुले बताएका छन् । – सरल पत्रिका















