सलमानको ‘भारत’को १२ दिनको कलेक्सन एक अर्ब ८८ करोड

ए वान डेस्क
२ असार २०७६, सोमबार १५:२४

बलिउड सुपरस्टार सलमान खानको नाममा रहेको रेकर्ड तोडेको चलचित्र ‘भारतले’ले १२ दिनमा एक अर्ब ८८ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । पहिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेरको चलचित्रले १२ औं दिनमा आइपुग्दा एक अर्ब ८८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको ‘इन्डियन एक्सप्रेसडटकम’ समाचार लेखेको छ ।

इदको अवसर पारेर रिलिज भएको थियो । ‘भारत’ सलमानको करिअरमा पहिलो दिन सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र हो यो ।

यसअघि सलमानको ‘प्रेम रतन धन पायो’ले पहिलो दिन ४० करोड ३५ लाख कलेक्सन गरेको थियो ।

‘भारत’ लाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् । तरण आदर्शले चार स्टार दिएको चलचित्रले आफूलाई सबैभन्दा ठूलो खुसी दिएको र यो नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको सलमानले आफ्नो ट्विटमा लेखेका छन् ।

‘भारत’ बिलउडसँगै ७० देशका १३ सय स्क्रिनमा रिलिज भएको चलचित्र हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*