चुरियामाई दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
ए वान डेस्क÷
बाराको चुरियामाई मन्दिर नजिकै आज विहान भएको बस दुर्घटनामा परी मृत्यु भएका एक जनाको पहिचान खुलेको छ । नारायणगढबाट विरगञ्जतिर आउदै गरेको ना५ख ४०१५ नम्बरको बस दुर्घटनामा परी एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीका अनुसार उपचारका क्रममा पार्वती अधिकारीको मृत्यु भएको हो । हेटौडा उपमहानगरपालिका निवासी अधिकारीको उपचारको क्रममा मृत्यु भएको पुरीले जानकारी दिनुभयो ।
चुरियामाई मन्दिर नजिकै अनियन्त्रित भई बस सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको थियो । बसमा ३१ जना सवार थिए ।















