उदयपुरमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार २ को मृत्यु

ए वान डेस्क
४ असार २०७६, बुधबार ११:३६

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरमा २ जनाको मृत्यु भएको छ।

मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डिगढी नगरपालिका– ७ स्थित लाटी खोलामा बुधबार करिब १० बजे दुर्घटना भएको हो।

बसाहबाट बेल्टार जाँदै गरेको बा२क ७०९ नम्बरको टिप्परले सोही दिशामा जाँदै गरेको स१प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। घटनामा मोटरसाइकलमा सवार चौदण्डिगढी नगरपालिका–४ बसाहाका ४५ वर्षीय खगेन्द्र राई र ३५ वर्षीय जीवन राईको घटनास्थल मै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

टिपरका चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरी निरीक्षक गंगा पौडेलले बताए। – नेपाल लाइभ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*