एयरहोस्टेसहरूसँग पाइलटको नाजायज सम्बन्ध, पत्ता लागेपछि गराए विमान दुर्घटना

ए वान डेस्क
४ असार २०७६, बुधबार १३:५८

चार वर्षअघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको विमान एमएच–३७० को कुनै पनि खबर अहिलेसम्म पाइएको छैन । विमानको खोजी अझै जारी छ ।

यसैबीच दी एटलान्टिकमा आएको एक रिपोर्टअनुसार, क्वालालम्पुरबाट बेइजिङ गइरहेको मलेसिया एयरलाइन्सको विमानका चालक जाहिरी शाहले जानीबुझी विमान दुर्घटना गराएका हुन् ।

पाइलटका साथीले उनको पत्नीसँग विवाद चलिरहेको दाबी गरे । उनको मानसिक स्थिति ठीक नभएको पनि साथीले बताए । त्यसैले उनले विमानलाई ४० हजार फीट माथि लगे ।

पाइलट जाहिरीले कोपाइलटलाई झुक्याएर ककपिट बाहिर पठाए । साथीका अनुसार, जाहिरीले अनेकौं विमान कर्मचारीका साथ अफेयर राखेका थिए । यो कुरा उनकी पत्नीलाई पनि थाहा थियो । त्यसैले उनीहरूको झगडा परिरहन्थ्यो ।

दुर्घटनाको दिन पनि जाहिरीले पत्नीसँग झगडा गरेका थिए । कन्ट्रोल रूमसँग सम्पर्क तोडिएपछि उनले विमानको उचाइ बढाए र विमानलाई सीधै हिन्द महासागरमा लगेर जोते ।

दी एटलान्टिकको रिपोर्टमा विशेषज्ञ विलियम ल्यांग्विशले बताएअनुसार, शाहको निजी जीवनमा समस्या भएका कारण राति १ः१० मा विमान बेपत्ता पारे । त्यतिखेर विमान लगभग ३५ हजार फीटको उचाइमा थियो ।

त्यसपछि १ः२१ मा विमान राडारबाट गायब भयो ।

इलेक्ट्रिकल इन्जिनीयर माइक एक्सनरले विमान ४० हजार फीटको उचाइमा चढेको र त्यसले गर्दा क्याबिनमा अक्सिजनको कमी भएको र शायद यात्रुहरू त्यहीँ नै मरेको बताए ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*