धादिङमा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

ए वान डेस्क
६ असार २०७६, शुक्रबार १३:२४

धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा ८ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुलाई उद्दार गरी विभिन्न अस्पतालमा पठाइएको छ ।

जिप माथिल्लो सडकबाट पल्टेर तल्लो सडकसम्म आईपुगेको हो । थप जानकारी आउन बाँकी छ । – इमेज खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*