बारामा घुससहित जिल्ला अदालतका खरिदार पक्राउ
श्यामबाबु साह /
बारामा फेरी एक जना घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयबाट खटिएको टोलिले केहिबेर अघि बारामा एक जनालाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक केशव कुमार भट्टराईको नेतृत्वमा खटिएको टोलिले सेवाग्राहीसंग घुस लिदै गर्दा जिल्ला अदालत बाराका खरिदार सुनिल चौधरीलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलिले कलैया उपमहानगरपालिका वडा नं. ४ मा रहेको जिल्ला अदालत अगाडिको चियापसलबाट चौधरीलाई १८ हजार नगदसहित रङ्गेहात पक्राउ गरेको हो ।















