बालिकालाई जबरजस्ती करणी गर्ने बाराको ब्यक्ति ७ वर्षपछी पक्राउ

ए वान डेस्क
८ असार २०७६, आईतवार १३:०८

आठ बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहँदै आएका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

७ वर्षदेखि फरार रहदै आएका बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ बस्ने मानबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका थिङले २०६९ साल मंसिर २९ गते सोही ठाउकी ८ वर्षीया परिवर्तित नाम उमालाई जबरजस्ती करणी गरि फरार रहदै आएका थिए।

थिङलाई काठमाण्डौमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका थिङलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले अभियुक्त थिङलाई पुर्पक्षको लागि कारागार कार्यालय बिरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। – देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*