‘दक्षिण एसियाली खेलकुद प्रतियोगिता डिसेम्बरमा हुन्छ, नभए नेपालले आयोजनाको जिम्मेवारी गुमाउँछ’

ए वान डेस्क
८ असार २०७६, आईतवार १५:२६

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नभए नेपालले प्रतियोगिता आयोजनाको जिम्मेवारी गुमाउँने बताएका छन्।

आइतबार रिपोर्टस क्बलको साक्षात्कारमा बोल्दै उनले आगामी डिसेम्बर एक देखि १३औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता सुरु हुने बताएका हुन।

डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने र त्यसो भयो भने राष्ट्रघात हुने भन्दै भन्दै उनले सम्पुर्ण शक्ति प्रयोग गरी प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा जोड दिए।

उनले प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले भदौ सम्ममा सम्पूर्ण संरचना निर्माणको काम सम्पन्‍न हुने दाबी गरे। विगतमा पटक पटक मिति सार्नुपरेको विषयलाई लिएर प्रतियोगिताप्रति नै शंका आशंका नगर्न पनि उनले आग्रह गरे।

क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले समस्या समाधान नभए शक्तिशाली नेपाल क्रिकेट बोर्ड गठन गरि क्रिकेटको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले आफ्नो ४ बर्षे कार्याकालको प्रगति विवरण पनि प्रस्तुत गरेको थियो। परिषद्को सदस्यसचिवका रुपमा विष्टको चार वर्षे कार्यकाल सोमबार सकिदै छ। – देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*