ट्याक्टर पल्टिँएर १ जनाको मृत्यु

ए वान डेस्क
८ असार २०७६, आईतवार १६:३३

धनुषाको नगराइन नगरपालिका ५ मा ट्याक्टर पल्टिँदा एक किशाेरको मृत्यु भएको छ। आइतबार ना ६ त ४०२६ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरमै सवार स्थानीय १४ वर्षीय रामजीवन मण्डलको मृत्यु भएको हो।

ट्याक्टर पल्टिँदा किचिएर गम्भीर घाइते भएका बालक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ। तीब्र गतिका कारण ट्याक्टर अनियन्त्रित भइ पल्टेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरले जनाएको छ। – थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*