नेयमार फेरि बार्सिलोना आउने !

ए वान डेस्क
१० असार २०७६, मंगलवार १७:०६

न्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमार फेरि पूर्व क्लब बार्सिलोना फर्किर्ने सम्भावना बढेको छ ।

ब्राजिलका २७ वर्षीय नेयमार बार्सिलोनासँग अनुबन्धन नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले गरेको प्रस्ताव नेयमारले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्था मेट्रोले उल्लेख गरेको छ ।

तर अब बार्सिलोनामा नेयमार आएमा उनको पारिश्रमिक घट्ने पनि उल्लेख गरेको छ । क्लबका अध्यक्ष र नेयमारबीच यो विषयमा पनि सहमति भएको उल्लेख छ ।

अहिले पीएसजीमा नेयमारले बार्षिक ३६.८ मिलियन युरो पाउने गरेका थिए । तर अब बार्सिलोना फर्किएको खण्डमा उनले २४ मिलियन युरो पाउने मेट्रोले उल्लेख गरेको छ । – अनलाइनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*