वीरगञ्जका मेयरलाई गाली गरेको भन्दै युवक पक्राउ
वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई गाली गलौज गरोको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का अजय चौरसिया पक्राउ परेका हुन् ।
श्रीपुरमा रहेको श्रीपुर विद्यापिठ विद्यालयमा बुधबार बिहान विद्युतीय हाजिरी प्रणाली र सीसीटिभी क्यामेरा जडानको उद्घाटन गर्न गएका मेयर सरावगीलाई चौरसियाले गालीगलौज गरेका थिए ।
पक्राउ परेका चौरसियालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक अन्न्तराम शर्माले जानकारी दिए । – देश सञ्चार















