बाराका पत्रकार लम्साललाई मातृशोक
आर्थिक राष्ट्रिय पत्रिका कारोबार दैनिक र ईमेज च्यानलका सम्वाददाता अग्रज पत्रकार प्रकाश लम्साललाई मातृशोक परेको छ । उनकी ममतामयीआमा टिकामाया लम्सालको बुधबार दिउँसो निधन भएको हो ।
मधुमेह र श्वासप्रश्वास रोगबाट ग्रसित टिकामायाको ८६ बर्षको उमेरमा निजी निवास बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा दिउँसो १ बजेर १० मिनेटमा निधन भएको हो । पञ्चायत कालमा सामाजिक संघ संगठनमा सक्रिय हुनुभएका लम्सालले तत्कालिन राजा ज्ञानेन्द्र शाहको हातबाट २०५९ सालमा गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित पनि भएकी छिन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका रानीखोलामा जन्मिएका टिकामाया विवाह पछि बाराको पथलैयामा बसोवास बस्दै आएकी थिईन् । स्थानीय समुदायमा गठन गरिएको आमा समूह मिलन केन्द्र, महिला संगठनको इकाई सभापतिका रुपमा पनि काम क्रियाशील रहेकी टिका माया लम्सालको सामाजिक काममा ठूलो योगदान रहेको छिमेकीहरुले बताएका छन् ।
टिका माया लम्सालका सन्तान उनकै प्रेरणा सामाजिक सेवामा नै सक्रिय रहेका छन् । उनको सामाजिक सेवाको देखिएको लगावकै कारणले परिवार नै सामाजिक संघ संस्थामा सक्रिय रहेका छन् । उनको दुई छोरा र दुई छोरी मध्य एक छोरा प्रकाश लम्साल सञ्चार क्षेत्रमा सक्रिय रहेका छन् उनी प्रेस संगठनका केन्द्रीय सदस्य पनि छन् ।
एक छोरी शुभद्रा लम्साल (न्यौपाने) जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य हुन् । भने, अर्को छोरा अर्जुन लम्साल होटल तथा पर्यटन व्यवसायी संघ बारा तथा उधोग बाणिज्य संघ दुबैमा उपाध्यक्ष रहेका छन् । एक छोरी अमृता लम्साल थापा गृहिणी छिन ।















