म्याट्रसेस उद्योगमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा
सिमरा – बाराको सिमरामा रहेको क्लासिक म्याट्रेस उद्योगमा भएको आगलागी ८ घण्टा पश्चात नियन्त्रणमा आएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको म्याट्रस उद्योगमा बिहीबार राति करिब साढे १० बजे लागेको आगो शुक्रबार बिहान ६ बजेतिर नियन्त्रणमा आएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।
बिहीबार राति उद्योगमा अचानक लागेको आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, सिमरा विमानस्थल, नेपाल आयल निगम, कलैया उपमहानगरपालिका र वीरगञ्ज गरी पाँचवटा वारुणयन्त्र रातभर खटेका थिए ।















