युवा व्यवसायी ढकालले बृद्धाश्रममा मनाए आफ्नो जन्मदिन

ए वान डेस्क
१४ असार २०७६, शनिबार २१:१८

ए वान डेस्क /

मकवानपुरका युवा व्यवसायी रोशन ढकालले आज आफ्नो जन्मदिन बृद्धाश्रममा मनाउनुभएको छ । पछिल्लो समय जन्मदिनको अवसरमा फजुल खर्च गर्ने परम्परा बढिरहेका बेला युवा व्यवसायी ढकालले भने आज आफ्नो जन्मदिन बृद्धाश्रममा मनाउनुभएको हो ।

आफ्नो जन्मदिनको अवसरमा ढकालले आज बृद्धाश्रममा खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । हेटौडा उप–महानगरपालिका वडा नम्बर २ मा रहेको ओम बृद्धाश्रममा ढकालले खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हो ।

परिवारसंगै बृद्धाश्रम पुग्नुभएका ढकालले चामल, दाल, औषधी, बिस्कुट लगायतका खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हो । २०४८ सालमा बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ रजघट्टामा जन्मनुभएका ढकाल सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।

लामो समयदेखि सामाजिक कार्य गर्दे आएको यस फाउण्डेशन अफ नेपालका उपाध्यक्षसमेत रहनुभएका ढकाल मकवानपुरको हेटौडामा युवा व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । ढकाल बुबा बलबहादुर र आमा चन्द्र कुमारीको कान्छो छोरा हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*